मेटमणि चौधरीमाथि कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार

काठमाडौं, २३ कात्तिक । मधेसी आयोगले सहरी विकास मन्त्रीसमेत रहेका मेटमणि चौधरीलाई कारबाही गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।

दाङ १ मा गठबन्धनबाट उम्मेदवार रहेका चौधरीलाई कात्तिक २१ गतेको एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेसीविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भन्दै मधेसी आयोगले कारबाहीका लागि पत्राचार गरेको हो ।

चौधरीले मधेसी समुदायलाई ‘विवेकहीन र चेतना नभएको समुदाय रहेको’ जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेको भन्दै आयोगमा उजुरी परेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति