बारामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

बारा, २४ कात्तिक । धान लोडर गरेर खेतबाट निस्किन लागेको ट्याक्टर पल्टिँदा बुधबार साँझ पचरौतामा चालकको मृत्यु भएको छ ।

खेतबाट उकालो बाटोमा निकाल्ने क्रममा ट्यक्टरको अगाडि भाग उल्टिन पुग्दा चालकको सिटमा च्यापिएर मृत्यु भएको हो । मृत्यु हुनेमा सुवर्ण गाँउपालिका ३ बकतवाका २७ वर्षीय जवाहिर सहनी रहेका छन् ।

पचरौता नगरपालिका ८ स्थित नहरको बाटो नजिक प्र २ ०३००१ त ४९९१ नम्बरको ट्याक्टर पल्टिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति