मस्कले बेचे टेस्लाको करिब ४ बिलियन डलर बराबरको सेयर

न्ययुयोर्क, २३ कात्तिक (एजेन्सी) । टेस्लाका मालिक एलोन मस्कले अमेरिकी वित्तीय निगरानी कार्यक्रममा फाइलिङ गर्दै ४३.९५ बिलियन मूल्यको इलेक्ट्रिक कार निर्माता कम्पनीको थप १९.५ मिलियन सेयर बेचेका छन् । 

विश्वका सबैभन्दा धनी व्यक्तिले ट्विटरमा आफ्नो ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेको दुई नबित्दै हप्ताभन्दा कम समयपछि यो समाचार आएको हो। टेस्लाको शेयर मूल्य यस वर्षको सुरुदेखि ५० प्रतिशतभन्दा बढीले घटेको छ । अर्को कुरा टेस्लाले पावर स्टेयरिङमा सम्भावित समस्याको कारणले अमेरिकामा आफ्ना ४० हजारभन्दा बढी गाडीहरू मात्र फिर्ता गरिरहेको छ । पछिल्लो हप्तामा भएको पछिल्लो बिक्रीको कारण अझै खुलाइएको छैन । 

उनले यस वर्ष अप्रिलमा टेस्लाको ८.५ बिलियन डलर र अगस्टमा ७ बिलियन डलरको स्टक बेचेका थिए । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति