बार्सिलोनालाई ५ अंकको अग्रता

काठमाडौँ, २३ कात्तिक । एक शून्यले पछि परेको स्थितिमा पुनरागमन जितसहित बार्सिलोनाले स्पेनिस ला लिगामा पाँच अंकको अग्रता बनाएको छ । 

मंगलबार राति ओसासुनाको मैदानमा प्राप्त २–१ को जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग पाँच अंकको अग्रता लिएको हो । 

बार्सिलोनाको जितमा पेड्री र राफिन्हाले एक एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । यसअघि खेलको छैटौँ मिनेटमा घरेलु टोलीका डेविड गार्सियाले अग्रता लिएका थिए । 

खेलको ३१औँ मिनेटमा स्टार स्ट्राइकर रोवर्टो लेवान्डोस्कीले रातो कार्ड सामना गर्दा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । खेलअघि अघिल्लो हप्ता सन्यास लिएका जेरार्ड पिकेले समेत रातो कार्डको सामना गर्नु परेको थियो । 
    
जितसँगै शीर्षस्थानको बार्सिलोनाले १४ खेलबाट ३७ अंक जोडेको छ । रियलले १३ खेलबाट ३२ अंक छ । ओसासुना १४ खेलबाट २३ अंकसहित  छैटौँ स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति