डोटी भूकम्प : मृतकको संख्या ६ पुग्यो

डोटी, २३ कात्तिक । डोटी केन्द्रबिन्दु बनाइ आएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

बुधबार बिहान २ः१२ बजे गएको भूकम्पले ग्रामीण भेगका दर्जनौँ घरहरू भत्किएका छन् । पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको र एक जना उद्धार गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिए । पाँच जना घाइते रहेका र तिनीहरूको उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए ।

थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

त्यसअघि पनि राति ९ः७ बजे दिपायलमा केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि समेत पटक–पटक झड्का गएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति