कर्णाली प्रदेशमा व्यस्त प्रचण्ड, आज पाँच चुनावी सभालाई सम्बोधन गर्ने

सुर्खेत, २२ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी अभियानका क्रममा कर्णाली प्रदेशमा व्यस्त भएका छन् । उनी आज कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रचण्ड जुम्लाको शेरा खेत र सिंजा, हुम्लाको सर्केगाड तथा कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने भएका हुन् ।

शेरा खेत र सिंजामा आयोजना हुने सभालाई सम्बोधन गर्न प्रचण्डसहित कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का जाँदै छन् ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति