नेयमारको गोलमा पिएसजी विजयी

काठमाडौँ, २१ कात्तिक । स्टार खेलाडी नेयनारको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लोरिएन्टलाई २–१ अन्तरले पराजित गरेको छ ।

आइतबार राति भएको खेलको नवौँ मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । ५३ औँ मिनेटमा टेरिम मोफीले गोल गर्दै लोरिएन्टले १–१ को बराबरी गर्‍यो ।

८१औँ मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पिएसजीलाई २–१ को जित दिलाए ।

जितसँगै पिएसजीले १४ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा छ । लोरिएन्ट २७ अंक जोडेर पाँचौँ स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति