तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

एजेन्सी, २१ कात्तिक । तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । दारेसलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा खसेको थियो ।

बीबीसीका अनुसार विमानमा रहेका २६ जना यात्रु घाइते छन् । स्थानीय र माझीहरूले डुंगाबाट यात्रुलाई उद्धार गरेका थिए ।

घटनास्थलमा सबैभन्दा पहिले पुगेका माझीुसँग कुरा गर्दा एक जना फ्लाइट अटेन्डेन्टले विमानको पछाडिको ढोका खेलेकाले विमानबाट केही व्यक्तिलाई बाहिर निकाल्न सफल भएको बताए ।

विमान दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाको कारण खराब मौसम भनिएको छ । भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै पर्छ ।

राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति