‘लौरो अभियान’को प्रतिवद्धता पत्र : नुनदेखि सुनसम्म, सियोदेखि रकेटसम्म नेपालमै उत्पादन तर निर्वाचन परिणाम १ सिट त आउंछ ?

काठमाडौ २० कात्तिक । मंसिर चारको निर्वाचनमा लौरो’ अभियानमा रहेकाहरूले नुनदेखि सुनसम्म र सियोदेखि रकेटसम्म नेपालमा उत्पादन गर्ने घोषणासहितको प्रतिवद्धता सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंमा सार्वजनिक घोषणापत्रमा १० वटा राष्ट्रिय योजना अघि बढाउने उल्लेख छ ।

‘अबको विकास– दीर्घकालीन निकास सहितको दीर्घकालिन मास्टर प्लान बनाएर १ वर्ष, ५ वर्ष र ५० वर्षको योजना बनाएर अघि बढ्नेछौ’, घोषणापत्रमा भनिएको छ । साथै सात प्रदेशमा सातवटा चक्र निर्माण गरी तराई पहाड र हिमाललाई जोडेर ७ वटा चक्रपथ तथा आध्यात्मिक मार्ग बनाइने अभियानले जनाएको छ ।

सुमन सायमी संयोजक रहेको अभियानले ७७ वटै जिल्लाहरूमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको अवधारणासहित मास्टर प्लान बनाएर नेपालको हरेक सहर र गाउँलाई एक स्वर्गको बगैँचाको रुपमा सजाउने उल्लेख छ । त्यस्तै हरेक वडामा कृषि संकलन केन्द्रदेखि जडिबुटी प्रशोधन केन्द्र बनाउने जनाउँदै अभियानले भनेको छ, ‘नुनदेखि सुनसम्म, सियोदेखि रकेटसम्म नेपालमै उत्पादन गर्ने र विश्वबजारमा यसको उत्कृष्ट पहिचान बनाउने ।’
तर लौैरो अभियानको देशभरबाट एक सिटm पनि जित्ने सम्भावना निकै न्युन छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति