प्रधानसेनापति शर्माले लगाइदिए तीन जर्नेललाई ‘फुली’

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बढुवा भएका तीन जर्नेललाई शुक्रबार दज्र्यानी चिन्ह लगाइदिएका छन् ।

मन्त्रिपरिषदको कात्तिक १६गते बढुवा गर्ने निर्णयानुसार एक रथी र दुई उपरथीलाई सेनापति शर्माले दज्र्यानी चिन्ह लगाइदिएका हुन् ।

सरकारले उपरथी सिताराम खड्कालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । त्यस्तै, सहायक रथी विजय थापा र आश बहादुर तामाङ पिएचडीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सेनापति शर्माले रथीमा बढुवा भएका खड्कालाई बलाध्यक्षको जिम्मेवारी दिएका छन् । त्यस्तै, उपरथीमा बढुवा भएका थापालाई सुदूरपश्चिम पृतनापति र तामाङलाई वार कलेजको शिक्षाध्यक्षको जिम्मेवारी तोकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति