दार्चुला पुगेर ओलीले भने, ‘हाम्रो एक इन्च भूमि अर्कालाई छाड्ने छैनौँ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताएका छन् ।

दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दैै उनले भने उनले आफ्नो एक इन्च जमिन अरुलाई नछाड्ने बताए ।

उनले भने, ‘राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन छाड्नेवाला छैन। हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ । चुनाव घोषणापत्रमा जारी गर्दा २० वटा ग्यारेन्टी गरेका छौँ ।’

उनले दार्चुलाको समस्या आफूले बुझेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति