प्रचण्डको दावी, ‘निर्वाचनपछि प्रधानमन्त्री हुन सक्छु’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनलाई जोडेर शान्ति प्रक्रियामा लैजान आफूले निर्वाचन क्षेत्र बदल्दै हिँडेको बताएका छन्।

गठबन्धन दलहरुको चुनावी कोणसभा कार्यक्रमलाई गोरखा नगरपालिका १४, याङकोटमा शुक्रबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘म यसअघि रोल्पा र काठमाडौंबाट लडेको हो। मेरो आवश्यकता र उद्धेश्य देशलाई शान्तितिर लैजानु थियो। सिरहामा मधेशको विश्वास जित्न गएको हो’ उनले भने, ‘तेस्रो चुनाव मैले गृहजिल्ला चितवनमा लडेँ। चितवनका जनताले प्रचण्ड रोल्पा, काठमाडौं र सिरहा गएको गुनासो गरे।’

उनले गोरखामा पनि विकास र समृद्धिको सपना बोकेर आएको उनले बताए। ‘धेरैले बाटोकै कुरा गर्नु भयो। सबै धुला बाटाहरुलाई पिच गर्ने वाचा गर्छु’ उनले भने, ‘गोरखकाली रवर उद्योगलाई पनि नयाँ योजना ल्याउँछु। माओवादी र कांग्रेस मिलिसकेपछि यहाँ असाधारण बहुम आउँछ। देशमा अन्यत्र भन्दा गोरखामा अत्यधिक मत ल्याएर विजयी भएमा ठूलो सन्देश जान्छ।’

दाहाले गोरखामा आफ्नो जित संसारले देख्नुपर्ने बताए । ‘गोरखाको जित संसारले देख्नुपर्छ। यहाँ हामीले राम्रोसँग मतदान गर्यौँ भने यसको सन्देश संसारभर जान्छ’ उनले भने, ‘सुरेन्द्रराज पाण्डेले जितेपछिग गण्डकीको मुख्यमन्त्री बन्नेछन् । यो निर्वाचनपछि मैले देशको नेतृत्व लिने सम्भावना छ। मैले जिते गोरखाको विकासले पनि तीव्रता ल्याउँछु।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति