वडा सदस्यको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

खोटाङ, १८ कात्तिक । वडा सदस्यको निधनमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको निधनमा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको हो । दाँत दुख्ने समस्याले गिँजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राति सुनसरीमा निधन भएको थियो ।

नेपालीको निधनपछि बिहीबारको गाउँ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिका मातहतका सरकारी कार्यालय तथा विद्यालयमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति