बाजुरामा जिप दुर्घटना, नौ जना घाइते

धनगढी, १८ कात्तिक । बाजुरामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

कोल्टीबाट मार्तडी जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ००५७ नम्बरको जिप बुढीनन्दा नगरपालिका-५ तारुखोला नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिप दुर्घटनामा नौ जना यात्रु घाइते भएको कोल्टीबाट पत्रकार शर्पलाल गिरीले जानकारी दिए । घाइते हुनेमा बुढीनन्दा नगरपालिका वडा नम्बर १० की ३५ वर्षीया सुकिली बोहरा, वडा नम्बर–९ का २७ वर्षीय हिक्मत सार्की, वडा नम्बर ६ की ३५ वर्षीया पेमा लामा, वडा नम्बर ४ की ३५ वर्षीया सुलोचना जैशी, जगन्नाथ गाँउपालिका–४ का ३५ वर्षका राजु भण्डारी र ६० वर्षीय वृद्ध पदमबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते नौ जनामध्ये सुकिली बोहराको अवस्था गम्भीर छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति