सुकुम्वासी समस्या समाधान एमालेले मात्र गर्न सक्छ ः पौडेल

बुटवल १७ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले भूमिहीन तथा सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा दिने का पार्टीको प्राथमिकतामा रहेको बताएका छन् ।

रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका पौडेलले बिहीबार बुटवलमा भएको चुनावी भेलामा बोल्दै सुकुम्वासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्नुपर्ने बताएका हुन् ।

रुपन्देहीमा अव्यवस्थित, भूमिहीन दलित र सुकुम्बासी गरी करिब ७० हजार परिवार रहेका तथ्यांक प्रस्तुत गर्दै पौडेलले भने, ‘विगतमा पनि एमाले सरकारले सुकुम्वासी समस्या समाधानलाई उच्च प्राथमिकता दिएर काम गरेको हो तर लालपुर्जा बाँड्ने अन्तिम समयमा सरकार ढालियो ।

चुनावको समयमा जथाभावी आरोप लगाउने र बद्नाम गर्ने कोशिस हुने भन्दै उनले कसैलाई आरोप नलगाई आफूले गरेका काम र एजेण्डा जनतामाझ लैजान एमाले कार्यकर्ताहरुलाई अपिल गरे । पौडेलले भने–‘राजनीतिलाई गालीगलौज र आरोप प्रत्यारोप भन्दा माथि उठाएर मर्यादित बनाऔं ।’

प्रदेश सभा सदस्य उम्मेदवार भोजप्रसाद श्रेष्ठले अहिलेको प्रदेश मन्त्रिपरिषद भद्दा भएको भन्दै आफूले बढीमा ७ सदस्यीय मात्रै बनाउन भूमिका खेल्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति