राष्ट्रिय फुटबल टोलीका सदस्य सुमनको इशासँग इन्गेजमेन्ट

काठमाडौँ, १६ कात्तिक । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य सुमन अर्यालले बुधबार प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट गरेका छन् । नेपाल राष्ट्रिय फुटबल टोलीका रक्षक सुमन अघिल्लो हप्ता अष्ट्रेलिया पुगेका थिए ।

सुमन विगत केही वर्षदेखि इशासँग प्रेम सम्बन्धमा दिए । सुमन नवलपरासीका हुन् । इशा भने काठमाडौँकी हुन् । उनी अध्ययन सिलसिलामा अष्ट्रेलिया पुगेकी थिइन् ।

सुमन भने एन्फा एकेडेमीका खेलाडी हुन् । उनले नेपालको यू १८, यू १९, यू २३ हुँदै राष्ट्रिय टोलीको नियमिति सदस्य हुन् । असोज ११ गते बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा सुमन राष्ट्रिय टोलीमा समावेश थिए ।

हाल अष्ट्रेलिया पुगेका सुमन कात्तिक ३० मा पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि भने उपलब्ध हुने छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति