अधिकारसहितको समृद्धिका लागि उम्मेदवारी : नेतृ भट्टराई

गण्डकी, १६ कात्तिक । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकारसहितको समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको बताएकी छन् ।

अखिल नेपाल महिला संघ क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटीद्वारा पोखरामा आयोजित महिला भेलामा उनले सभ्य र समृद्ध समाज निर्माण पहिलो प्राथमिकता भएको बताइन् । अनेमसंघको अगुवाइमा मुलुकमा महिला अधिकार स्थापित भएको उल्लेख गर्दै भट्टराईले थप अधिकार प्राप्तिका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई विजय गराउनुपर्नेमा जोड दिइन् ।

निर्वाचन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार मीना गुरुङले युवालाई उत्पादनसँग जोडन र महिला सशक्तिकरणका लागि आफ्नो उम्मेदवारी भएको स्पष्ट पारिन् । संगठित भएर निर्वाचनमा लाग्नुपर्नेमा उनको जोड थियो ।

प्रदेशसभामा समानुपातिक उम्मेदवार वरिष्ठ प्रसूतिरोग विशेषज्ञ डा.छममाया पुले विकास र समृद्धिको अभियानलाई अघि बढाउन एमाले उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिइन्। पार्टीले स्वास्थ्य क्षेत्रलाई सम्बोधन गरेकामा आभार व्यक्त गर्दै उनले आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

अनेमसँग निर्वाचन क्षेत्र नम्बर २ का संयोजक हिरा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा कास्की जिल्ला सहईञ्चार्ज मीनाकुमारी गुरुङलगायतले निर्वाचनमा जित्न जुट्नुपर्ने आवश्यकता औँल्याए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति