भारतको गुजरातमा भत्किँदा १४१ जनाको मृत्यु

काठमाडौँ, १४ कात्तिक । भारतको गुजरातमा एउटा पुल भत्किँदा १४१ जनाको मृत्यु भएको छ । पुल भत्किँदा त्यहाँ ४०० बढी मानिस रहेको अनुमान गरिएको छ ।

मच्छु नदीमा बनाइएको सस्पेन्सन पुल अचानक चुडेको थियो । आइतबार बिदाका कारण घुम्न जानेहरू उक्त पुलमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पुल एक्कासी चुडिएपछि सेना, जलसेना, एयरफोर्स एनडिआरएफ, फायर ब्रिगेडलगायतको टोलीले उद्धार गरेको आजतकले जनाएको छ ।

अहिलेसम्म २०० बढीको उद्धार गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति