नयाँ सरकार गठनको महासचिव गुटरेसद्वारा स्वागत

एजेन्सी, १२ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इराकमा नयाँ सरकार गठन भएकामा त्यसको स्वागत गरेका छन् ।

एक्काइस सदस्यीय मन्त्रिपरिषद्मा तीन जना महिला नियुक्त भएकामा त्यसको पनि उनले स्वागत गरेको महासचिवका प्रवक्ताले बताएका छन् ।

महासचिव गुटरेसले नयाँ सरकारलाई सुधार, जवाफदेही र समुज्ज्वल भविष्यका लामो समयदेखि इराकी जनताले गरेका अपेक्षा पूरा गर्न आग्रह गरेको बताउँदै प्रवक्ता स्टेफेन डृुजारिकले नववठित सरकार र इराकी जनतालाई सहयोग गर्न राष्ट्रसंघ पूर्ण प्रतिबद्ध रहेको महासचिवले बताएको जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति