भाइटिकामा कस्तो छ मौसम ?

काठमाडौँ, १० कात्तिक । आज तिहारको पाँचौ दिन भाइटिका । मौसमले पनि साथ दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहे पनि बाँकी क्षेत्रको मौसम सामान्यता सफा छ । 

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति