सन्दीप लामिछानेलाई थप दुईदिन हिरासतमा राख्न अनुमति

काठमाडौँ, ७ कात्तिक । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई थप दुईदिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले यही कात्तिक ६ गतेदेखि लागु हुने गरी म्याद थप गरेको हो । अदालतले लामिछानेलाई हिरासतमा राख्नका लागि अनुमति दिएको यो चौथोपटक हो ।

प्रहरीले लामिछानेविरूद्धको अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ ।

तिहार पर्वको बिदा परेका कारण अदालतमा मुद्दा दर्ता भने भएको छैन । लामिछानेलाई नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ ।

प्रहरीले गत असोज २० गते उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति