सत्ता गठबन्धनले हारे देश संकटमा पर्छ : देउवा

धनगढी, ६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र लोकतन्त्रलाई बचाउन सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बताएका छन् ।

आइतबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको प्रदेशस्तरिय संयुक्त भेलामा बोल्दै उनले एमालेसहितको गठबन्धनले जिते देश अस्थिरताको भुमरीमा फस्ने र अहिलेका उपलब्धि गुम्ने खतरा रहेको भन्दै त्यस्तो जोखिमबाट बचाउन वाम-लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताए । सत्तागठबन्धनले हारेमा देश संकटमा पर्ने देउवाको दावी छ ।

उनले सुदूरपश्चिमबाट सत्तारुढ गठबन्धलाई जितको सफलता मिल्ने अपेक्षा राखेकोसमेत बताए । ओलीले संसद् विघटन गरेर संविधानलाई समाप्त पार्न खोज्दा सुदूरपश्चिमबाटै सबैभन्दा बढी विरोध भएको र संविधान स्मरण गर्दै ४ मंसिरपछि सुदूरपश्चिमवासीले ओलीलाई पाखा लगाउने बताए । 

उनले सुदूरपश्चिमबाट गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउनसमेत आह्वान गरेका छन् । देश अहिले गम्भीर मोडमा पुगेको भन्दै उनले चुनावपछि देश कता जाने भन्ने थाहा हुने बताए । ‘यदि सत्तारुढ गठबन्धनले जितेमा देश सुरक्षित बन्ने छ र लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा हुने छ, तर ओलीको नेतृत्वले जिते सबै उपलब्धि गुम्ने छन्, देशलाई कता लैजाने भन्ने बारेमा मतदाताले सोच्नु पर्दछ,’ उनले भने ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति