तेस्रो कार्यकालको तयारीमा सी चिनफिङ

एजेन्सी, ६ कात्तिक । चीनका राष्ट्रपति सी चिनफिङले तेस्रो कार्यकाल लिने तयारी गरिरहेका छन् ।

राजधानी बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन शनिबार सम्पन्न भएको छ । सीलाई देशका दुई सबैभन्दा शक्तिशाली पद पार्टी प्रमुख र चीनको सेनाको प्रमुखको रूपमा शक्ति दिने तयारी गरिरहेको छ ।

६९ वर्षीय सी सन् १९७६ मा पहिलो कम्युनिस्ट युगका नेता माओत्सेतुङको मृत्युपछि सबैभन्दा शक्तिशाली पार्टी प्रमुख हुन् । त्यसबेलादेखि धेरै परिवर्तन भएको छ ।

चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र बन्न पुगेको छ । सी चिनफिङको नेतृत्वमा चीन अझै बढी अधिनायकवादी र दमनकारी भएको टिप्पणी गरिन थालिएको छ ।

सीले देशलाई निकै भिन्न दिशामा लगेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति