ओलीले गरे ४ घन्टा टेलिफोन सम्वाद

काठमाडौँ, ४ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग ४ घन्टा टेलिफोन सम्वाद गरेका छन् । उनले टेलिफोन सम्वादपछि कुरा गर्न पाएकोमा उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

‘कल केपी बा कार्यक्रममा मैले करिब चार घन्टा टेलिफोन संवाद गरेँ । तपाईंहरुसँग भएका कुराकानीले म उत्साहित छु,’ ओलीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘दुई लाख ९ हजार एकसय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ । म क्रमैसँग कुरा गर्दै जाने छु ।’

ओलीले ट्वीट गर्दै उत्साहपूर्ण सहभागिता जनाएकोमा धन्यवादसमेत दिएका छन् ।

ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि एजेन्डामा केन्द्रित रहेर ‘लाइभ डिबेट’को प्रस्ताव गरेका थिए । तर, उक्त प्रस्तावबारे प्रधानमन्त्री देउवाले कुनै प्रतिक्रिया दिएका थिएनन् ।

तर, कांग्रेस महामन्त्री गगन थापाले भने ओलीको प्रस्ताव स्वीकार गर्दै लाइभ डिबेट गर्न सभापति देउवालाई आग्रह गरेका थिए । ओलीले आफूसँग लाइभ डिबेट गर्ने हो भने आफू तयार नै रहेको थापाको भनाइ थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति