समाजलाई एकताबद्ध गर्न खेलकुदको भूमिका महत्वपूर्ण : पूर्वसभामुख घर्ती

काठमाडौँ, ४ कात्तिक । पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले समाजलाई एकताबद्ध गर्न खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।

कागेश्वरी मनोहरा–९ हात्ती डाँडामा शुक्रबार बिहान ‘स्वर्गीय चुडामणि गिरी तथा जुनुकुमारी गिरी स्मृति ब्याटमिन्टन प्रतियोगिता’ उद्घाटन गर्दै घर्तीले खेलकुदले मानिसलाई स्वस्थ, निरोगी र अनुशासित बनाउने उल्लेख गरिन् ।

सत्ता गठबन्धनबाट काठमाडौँ–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेकी उनले समाजलाई एकताबद्ध गर्न पनि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति