काठमाडौँ, ३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि एक लाख ७१ हजार जना बढीले नाम र नम्बर टिपाएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् दुई दिनमा १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाएको जानकारी दिएका हुन् ।
“मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनुभएको छ । यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद । धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । भोलि हाम्रो कुराकानी हुने छ । हामी तयार छौँ नि ? अध्यक्ष ओलीले लेखेका छन् ।
ओलीले आफूसँग कात्तिक ४ गते कुराकानी गर्नका लागि नाम र नम्बर आफ्नो फेसबुक पेजमा पठाउन बुधबार सामाजिक सञ्जालमार्फत् आह्वान गरेका थिए ।
प्रतिक्रिया