माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको निर्देशन, के होला कारबाही ?

काठमाडौं ३ कात्तिक । निर्वाचन आयोगले रौटहट– १ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।

ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख छ । तर नेता नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै आयोगले दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।
यस्तो विषयमा के कारबाही गर्ने भन्नेमा प्रहरी अन्योलमा रहेको बुझिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति