फेसबुकबाटै देउवालाई ओलीको ललकार : देउवाजी, लाइभ डिबेटका लागि तयार हो ?

काठमाडौँ १ कत्तिक । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनावकेन्द्रित बहसमा आउन ललकारेका छन् ।

मंगलबार अध्यक्ष ओलीले सामजिक सञ्जाल फेसबुकमार्फत धेरैले प्रधानमन्त्री देउवासँग लाइभ डिबेटमा आउन भनिरहेको भन्दै त्यसका लागि आफू तयार रहेको बताएका छन् । उनले देउवा डिवेटका लागि तयार हो वा होइन चेतावनी दिएका छन् । किन कि त्यस्ता बहसमा देउवाको रुचि वा उपस्थित हुंदैन ।

‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डिबेट’ मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेकांका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ’, ओलीले लेखेका छन्, ‘निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ’ ?

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति