बेन्जेमालाई बालोन डी’ओर उपाधि

काठमाडौँ, १ कात्तिक । रियल मड्रिडका फरवार्ड करिब बेन्जेमाले पहिलोपटक वर्षको उत्कृष्ट फुटबलरको अवार्ड बालोन डी’ओर जितेका छन् ।

गत सिजन गरेको प्रदर्शनका आधारमा बेन्जेमाले यसवर्षको बालोन डी’ओर अवार्ड हात पारेका हुन् । रियललाई २०२१–२२ मा च्याम्पियन लिग र ला लिगा जिताउन महत्वपूर्ण भूमिका निभाएका बेन्जेमाले ४६ खेलमा ४४ गोल गरेका थिए ।

लियोनल मेस्सीले ७ र क्रिस्टियानो रोनाल्डोले ५ पटक यो अवार्ड हात पारिसकेका छन् । २०२१–२२ मा लिभरपुलमा रहेका बार्यन म्युनिखका साडियो माने दोस्रो र म्यान्चेस्टर सिटीका केभिन डे ब्रुइनभन्दा तेस्रो भए ।

यस्तै, बार्सिलोनाकी एलेक्सिया पुटेलसले सन् २०२१ को सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड प्राप्त गरेकी छन् । इंग्ल्यान्डलाई युरो कप जिताउने आर्सनलकी फरवार्ड बेथ मिड दोस्रो स्थानमा रहिन् ।

यसैगरी, बालोन डी’ओरको ६ वटा विधामा मनोनयनमा परेको म्यानचेस्टर सिटी लिभरपुललाई पछि पार्दै वर्षको उत्कृष्ट क्लब घोषित भयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति