गठबन्धनको आमसभा प्रभावित हुने संकेत, निर्वाचन आयोगले भन्यो, ‘कात्तिक १७ अघि आमसभा गरे उम्मेदवारी खारेज’

निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेअघि उम्मेदवाले आमसभा गरेमा उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानको १९ दिन अघिसम्म राजनीतिक दलका उम्मेदवारलाई कोणसभा तथा आमसभा निषेध गरिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।

‘आयोगले तोकेको मितिअघि कोणसभा तथा आमसभामा गरिए आचारसंहिताको उल्लंघन हुनेछ। त्यस्ता उम्मेदवाहरूको मनोनयन खारेज गर्ने कठोर निर्णय आयोगले लिनेछ,’ उनले भने। दलहरूले कात्तिक १८ गतेबाट मात्रे प्रचार(प्रसार गर्न पाउनेछन्।

उम्मेदवार र राजनीतिक दलहरूले हाल २५ जनासम्मको समूहमा मतदाताबीच घरदैलोको कार्यक्रम गर्न सक्नेछन्।

घरदैलको क्रममा पनि राजनीतिक दलहरूले आचारसंहिता उल्लंघन गरेका उजुरी आयोगमा आएको आयुक्त भण्डारीले बताए।

ुथुप्रै ठाउँबाट घरदैलो जाने सन्दर्भमा तामझाम गरेर भएको साथै भोजभतेर गर्न पनि सुरू भएको उजुरी परेका छन्। हामी छानबिन गरिरहेका छौँ,’ उनले भने।

आचारसंहिता पालनाको सवालमा आयोग कठोर हुने उनले बताए। ुआचारसंहिता कार्यान्वयन गर्ने सवालमा कुनै पनि कसर बाँकी राख्दैन बडो निर्मम तरिकाले निर्दयी भएर कारबाही गर्दछ। अहिले घरदैलोसम्म गर्ने कार्यक्रम हो त्योभन्दा बढी प्रचारप्रसार केही पनि गर्न पाउनुहुन्न,ु भण्डारीले भने।

यसअघि सत्ता गठबन्धनले कात्तिक ४ गतेदेखि ७ गतेसम्म सातै प्रदेशमा संयुक्त सभा गर्ने तालिका सार्वजनिक गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति