सता गठबन्धन नेता स्तरमा मात्रै सीमित रहेकाे महेश बस्नेतकाे दाबी

भक्तपुर, ३० असाेज । एमालेबाट भक्तपुर-२ का उम्मेदबार महेश बस्नेतले सता गठबन्धन नेता स्तरमा मात्रै सिमित रहेको दाबी गरेका छन् । ‘गबन्धन नेताहरूबीच मात्रै छ, कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन,’ उनले भने, ‘त्यसकारण यो गठबन्धनले एमालेलाई केही असर गर्दैन ।’ 

प्रेस चौतारी भक्तपुरले आइतबार आयाेजना गरेकाे अन्तरक्रियामा बस्नेतले आफू जनस्तरमा पुग्दा गठबन्धनविरुद्ध सत्ता गठबन्धन कै कार्यकर्ताहरू रहेको पाएकाे दाबी गरे । यही कारण आफूहरूले ती कार्यकर्तासँंग भेटिरहेको उनको भनाइ थियो । ‘हामी सता गठबन्धनका कार्यकर्ताहरुलाई भेटिरहेका छु, ती कार्यकर्ताहरु हामीप्रति सकारात्मक छन्,’ उनले भने । 

आफू विजयी भए भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाकाे रुपमा विकास गर्ने पनि बताए । ‘भक्तपुरमा काम गर्दा एक पैसा पनि कहीकतै घुस दिन नपर्ने गरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त बनाउँंछु,’ वस्नेतले भने ।  

पछिल्लो पटक दाेब्बर मतले विजयी भएकोमा यो पटक दाेब्बर होइन, तेब्बर बढी मतले विजयी हुने उनले दाबी गरे । उनले भक्तपुर-२ मा विकासको लहर ल्याएको तर त्यसलाई कांग्रेसले रोकेकाे आरोप पनि लगाए । कांग्रेसकाे यहि कामले गर्दा यसपटक मत अझ बढ्ने उनको भनाइ दाबी छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति