घनश्याम भुसालले भने, ‘माओवादी फौज अब जाग्यो’

एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले वामलोकतान्त्रिक गठबन्धनको ऐतिहासिक औचित्य रहेको बताएका छन्। माओवादी रुपन्देहीको विस्तारित बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई (दुईपटक गरेको संसद् विघटन माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा असफल भएको भन्दै उनले त्यसपछि बनेको वामलोकतान्त्रिक गठबन्धनको औचित्य ऐतिहासिक रहेको बताए।

‘पछिल्लो कालमा दुई–दुईपटक संसद् विघटन भयो । पहिलो संसद् विघटनपछि पुनस्र्थापनाको नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै हो । दोस्रो पुनस्र्थापनाको नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हो,’ उनले भने, ‘यस अर्थमा पनि यो वाम–लोकतान्त्रिक गठबन्धनको एउटा राजनीतिक औचित्य छ।’

एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि पार्टी परित्याग गरेर रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका भुसाल त्रिभुज चुनावचिह्न लिएर चुनावी मैदानमा छन्। उनलाई सत्तागठबन्धनले समर्थन गरेको छ।

कार्यक्रममा उनले माओवादीको चुनाव अभियान सफलताको शुभकामना दिँदै माओवादी केन्द्रका फौजले आफ्ना लागि खसेको मतले भरिएका बाकस लिएर फर्किने विश्वास व्यक्त गरे।

‘अब नेकपा माओवादी केन्द्रको यो फौज यहाँबाट छुट्यो। अब यसले मंसिर ४ गते भरी भरी बाकस बोकेर मात्रै फर्किन्छ,’ उनले भने, ‘त्यसपछि मात्रै यसले थकाइ मेट्छ। सारा नेकपा माओवादी केन्द्रको फौज अब जाग्यो भनेर कसम खाएर अगाडि बढ्न अनुरोध गर्छु।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति