घोषणापत्र लेख्न लाँकुरी भञ्ज्याङ पुगे ओली

काठमाडौं । संसदीय निर्वाचनको घोषणा पत्र लेखनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु ललितपुरको लाँकुरीभञ्ज्याङ पुगेका छन्।

यसअघि नै संकलित सुझाव अध्ययन पूरा गरेपछि अध्यक्ष ओलीसहित उनका सहयोगी नेताहरु घोषणा पत्र लेखनका लागि लाँकुरी भञ्ज्याङ्गस्थित द टेरेसेस रिसोर्टमा पुगेका हुन् ।

त्यहाँ पुगेपछि ओलीले पिङ खेलेका छन् भने काठमाडौं उपत्यकाको दृश्यावलोकन पनि गरेका छन्।

घोषणापत्र लेखनका लागि ओलीसँग महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल समेतका नेता तथा विज्ञ टोली पुगेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति