सन्तोषीलाई १० हजार मिटरमा स्वर्ण पदक 

काठमाडौं, २९ असोज । नवौं बृहत राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । 

पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा १३औं दक्षिण एसियाली खेलकुद (साग)की समेत स्वर्ण पदक विजेता रहेकी सन्तोषीले बागमती प्रदेशलाई एथलेटिक्सतर्फ पहिलो स्वर्ण जिताएकी हुन् । 

सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.२९ सकेन्डमा पूरा गरिन् । यस्तै, नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् ।

राजपुराले ३६ मिनेट २९ सकेन्डमा पूरा गरेकी थिइन् । कास्य विजेता पुष्पाले ३७.०४ सकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् । 

बिहान नै भएको पहिलो स्पर्धाको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति