सर्लाहीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही, २५ असोज । सर्लाहीको हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक सोमबार साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश २–०३–००१ च १९२४ नम्बरको जिपले सोमबार साँझ सवा ६ बजे ज ५ प ७६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुवै सवारी साधन र जिप चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति