युक्रेनी अर्थतन्त्रमा ३० प्रतिशतले संकुचन

किभ, २४ असोज । युक्रेनको अर्थतन्त्र २०२२ को पहिलो तीन त्रैमासिकमा २०२१ को सोही अवधिको तुलनामा करिब ३० प्रतिशतले संकुचित भएको छ । रुसी हमलाका कारण युक्रेनी जनजीवन अस्तव्यत भइरहेका बेला त्यहाँको अर्थतन्त्रमा पनि संकुचन आइरहेको युक्रेनी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेप्टेम्बरमा खराब मौसमले उब्जनीमा सुस्त बनाएको, जापोरिज्जिया आणविक ऊर्जा केन्द्रबाट बिजुली आपूर्तिमा अवरोध आएको विज्ञप्तिमा उल्लेख छ । युक्रेन र रुसले एकअर्कालाई ऊर्जा केन्द्रमा गोलाबारी गरेको आरोप लगाउँदै आएका छन् ।

तर, निर्यातमा केही सुधार आएको छ । सेप्टेम्बरमा निर्यात २३ प्रतिशतले बढेको छ, जुन फेब्रुअरीमा युद्ध सुरु भएदेखिको उच्चतम स्तरमा पुगेको बताइएको छ । ‘सेप्टेम्बरमा सुधार भयो, तर दुश्मनले युक्रेनी भूभागमा गोलाबारी जारी राख्यो जसका कारण व्यापारिक भवन र लजिस्टिकमा दबाब सिर्जना गर्यो,’ मन्त्रालयले भनेको छ ।

‘उत्पादन सुविधा, पूर्वाधार र आवासीय भवनको थप विनाश साथै युद्ध कति लामो हुन्छ भन्ने अनिश्चितताले विकासमा बाधा पुर्याइरहेको छ र रिकभरी रोकिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति