भक्तपुर १ मा प्रेम सुवालको उम्मेदवारी दर्ता

भक्तपुर, २३ असोज । नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नम्बर १ मा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई नै प्रतिनिधि सभामा उठाउने भएको छ ।

यसअघि पनि भक्तपुर क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधिसभा सदस्य सुवालले पार्टीकोतर्फबाट पुनः आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टी अध्यक्ष नारायणमान विजुक्छेँपछि उनी यो क्षेत्रबाट निरन्तर विजयी हासिल गर्दै आएका छन् । यसअघिसम्म उनले यो क्षेत्रबाट तीन पटक विजयी हासिल गरेका छन् । यो उनको चौथौ पटकको उम्मेदवारी हो । प्रदेशसभातर्फ भने क्षेत्र नम्बर १ क’ मा मीनबहादुर बाटा र १ (ख) मा सुरेन्द्रराज गोसाई रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति