कमल थापालाई टिकट दिएको विरोधमा एमाले मकवानपुरको पार्टी कार्यालयमा ताला, ओली विरुद्ध आक्रोश

हेटौँडा २३ असोजन । मंसिर ४ मा हुने प्रतिनिधि सभातर्फ निवार्चनमा नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई साझा उम्मेदवार बनाएको भन्दै असन्तुष्ट एमाले कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका छन् ।

हेटौंडा ५ स्थित पुष्पलाल पार्क नजिक रहेको एमाले पार्टी कार्यालयमा कार्यकर्ताहरुले कमल थापालाई उम्मेदवार बनाउने निर्णयकोविरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको भन्दै ताला लगाएका हुन् ।

२ वटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ मा एमालेको तर्फबाट केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको भएता पनि हिजो (शनिबार) एमाले अध्यक्ष केपि शर्मा ओलीले थापालाई एमालेको तर्फबाट टिकट दिने निर्णय गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति