काठमाडौँ, २३ असोज । नेकपा (माओवादी केन्द्र)ले पूर्वसभामुख ओनसरी घर्ती मगरलाई काठमाडौँ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
सत्ता गठबन्धनमा भएको भागबन्डामा माओवादीले काठमाडौँ २ र ९ लिएको थियो । काठमाडौँ २ मा ओनसरीसँगै कृष्णराज सुवेदी पनि उम्मेदवार बन्ने दौडमा थिए । तर, पूर्व सभामुख घर्तीलाई टिकट दिइएको छ ।
प्रतिक्रिया