एमालेले प्रचण्ड विरुद्ध उठाउने भनिएका रवि लामिछानेले चितवन क्षेत्र नं २ मा एमालेकै विरुद्ध उमेद्वार बन्ने

चितवन २३, असोज । तत्कालनि प्रधानमन्त्री केपी ओलीको अन्तर्वार्ताबाट चिनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्य उठ्ने भएका छन् । उनका सहयोगी दीपक बोहाराका अनुसार लामिछाने चितवन २ बाट उठ्ने निर्णय भएको हो । यस अघि लामिछानेलाई ओलीले चितवनमा प्रचण्डका विरुद्ध उठाउने तयारी गरेकोमा प्रचण्ड गोरखा गएपछि लामिछाने एमालेकै सुरक्षित मानिएको चितवन क्षेत्र नं. २ बाट उमेद्वार हुने भएका छन्।

लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन १ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति