दक्षिणी युक्रेनमा रुसी हमला, १७ जनाको मृत्यु

किभ, २३ असोज । दक्षिणी युक्रेनको औद्योगिक सहर जापोरिजियामा सातवटा रुसी क्षेप्यास्त्र प्रहार हुँदा एक बालकसहित कम्तीमा १७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

स्थानीय समयअनुसार बिहीबार बिहान प्रहार गरिएका ती क्षेप्यास्त्रहरुमध्ये तीन ओटा सहरका केन्द्रमा खसेका थिए ।

युक्रेनको राज्य आपतकालीन सेवाले टेलिग्राममा भनेको छ, ‘क्षेप्यास्त्र हमलामा एक बालकसहित कुल १७ जनाको मृत्यु भएको छ ।’

यसअघि शनिबार मृतकको संख्या १४ जनाइएको थियो । क्षेप्यास्त्र हमलामा मुख्य सहरमा रहेको एउटा पाँच तले भवन पूर्णरुपमा जलेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति