आज विश्व हुलाक दिवस

आज विश्व हुलाक दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदैछ ।

हरेक वर्ष झै आज अक्टोबर ९ तरिकका दिन नेपालमा पनि विश्व हुलाक दिवस मनाइने भएको छ । आज भन्दा सवा दुई सयवर्ष अगाडी सन् १८७४ मा जापानको टोकियोमा अन्तराष्ट्रिय हुलाक संघको गठन भएको संझनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो ।

सञ्चारको प्रारुपको शुरुवात हुलाकबाट शुरुभएको हो । घरबाट देश तथा विदेशमा रहेका परिवारका सदस्यहरुले घरमा र घरकाले उनिहरुसग कुरा गर्न हुलाकको प्रयोग गर्दथे । गाउघरमा त्यतिवेलाको समयमा सञ्चारको माध्यम हुलाक नै थियो ।
हुलाकको प्रयोगमा कमी आएपनि यसको महत्वमा भने कम छैन । हुलाकले समयअनुकुल आफ्ना कामहरु गर्दै आएको छ । अहिले पनि कानूनी प्राप्त चिठीपत्र आदानप्रदानका लागि हुलाक प्रयोग गरिन्छ । टिकट विक्रीको काम त्यहिबाट हुन्छ । समग्र संचारजगतको अनुगमन, निरिक्षणको काम हुलाकले गर्दछ ।

स्कूले केटाकेटीहरु पनि स्कूलमा लेखन अभ्यासको क्रममा वूवा, आमा या साथीलाई पत्र लेख्दै सिकेर आएका छन् । यसरी चिठीलेख्दा प्रापक र प्रेषक भनेर हुलाककै सञ्चारआधारमा अभ्यास गराइन्छ । बिस्तारै आकाशवाणी, ट्रङ्कल फोन, दूरसञ्चार, मेसेन्जर, च्याट रुम, ईमेल, फेसबुक, ट्वीटर हुदै हातहातको मोबाइलले यो यूगको सञ्चारलाई नया परिभाषा दिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board