मेस्सी बिना उत्रिएको पिएसजी रोकियो

काठमाडौँ, २३ असोज । रक्षक सर्जिओ रामोसले रातो कार्ड सामना गरेको खेलमा पेरिस सेन्ड जर्मेन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ ।

स्टार स्ट्राइकर लियोनल मेसी बिना मैदान उत्रिएको पिएसजी शनिबार राति फ्रेन्च लिग वानमा रेइम्ससँग अंक बाढ्न बाध्य भयो ।

अर्का स्टार नेयमारसमेत बेन्चमा रहेको स्थितिमा पिएसजीको अग्रपंक्ति केलियम एम्बाप्पेले सम्हालेको थिए । उनीसमेत गोलबिहीन रहे । नेयमार खेलको ५७औँ मिनेटमा मैदान प्रवेश गरेका थिए ।

खेलको ४१औँ मिनेटमा रक्षक रामोसले दोहोरो पहेँलो कार्डको सामना गरेपछि पिएसजी पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो । बराबरीसँगै १० खेलबाट २६ अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ । समान खेलबाट ८ अंक जोडेको रेइम्स १४औँ स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति