काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा नेकपा एमालेको सहयोगमा मकवानपुर १ बाट चुनाव लड्ने भएका छन् । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले थापालाई उम्मेदवार बन्ने विषयमा एमालेसँग सहमति भएको बताए ।
‘नेकपा एमालेको सहयोगमा मकवानपुर–१ बाट अध्यक्ष कमल थापा उम्मेदवार बन्ने निश्चित भएको छ’ बर्तौलाले भने, ‘चुनाव चिह्न के लिएर लड्ने भन्ने विषयमा जिल्लाका अगुवा कार्यकर्ताहरुसँग छलफल भइरहेको छ ।’
बर्तौलाले एमालेले सूर्य चिह्न लिएर प्रतिस्पर्धामा जान आग्रह गरेको बताएका छन् । ‘केही घण्टाभित्र हामी यस विषयमा निर्णय गर्ने छौं’ उनले भने ।
शुक्रबार बेलुकी एमालेले जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर शनिबार त्यो निर्णय परिवर्तन भएको छ । २०५१ मध्यावधीमा सो निर्वाचन क्षेत्रबाट थापा राप्रपाबाट विजयी भएका थिए ।
प्रतिक्रिया