कर्णालीमा संसदमा माओवादी र प्रदेशमा कांग्रेसलाई बढी सिट, (सूचीसहित)

काठमाडौं २२ असोज । कर्णाली प्रदेशमा प्रदेशसभा र प्रतिनिधिसभाका लागि गरिएको भागबण्डामा प्रतिनिधिसभातर्फ माओवादीले बढी सिट पाएको छ भने प्रदेश सभातर्फ कांग्रेसले बढी पाएको छ ।

प्रतिनिधिसभातर्फ जम्मा १२ सिटमध्ये गठबन्धनबाट माओवादीले ५ सिट प्राप्त गरेको छ भने कांग्रेसले ४ र एकीकृत समाजवादीले ३ वटा सिट पाएको छ । यद्यपि कांग्रेसले भने गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर बढी सिट आफूले पाउनुपर्ने माग राखेको थियो ।

प्रदेशसभामा गठबन्धनका तर्फबाट कांग्रेसले बढी सिट प्राप्त गरेको छ । प्रदेशसभाका जम्मा २४ सिटमध्ये कांग्रेसले ११ सिट पाउँदा माओवादी ८ सिटमा सीमित बन्यो । यस्तै नेकपा एकीकृत समाजवादीले ४ सिट प्राप्त गरेको छ ।

रुकुम पश्चिमको ख मा भने कांग्रेस र माओवादी दुबै दलको नाम उल्लेख गरिएको छ । माओवादी केन्द्रका नेताहरुले भने कर्णालीमा माओवादी नेतृत्वको सरकार बन्ने गरी भागबण्डा हुनुपर्ने बताउँदै आएका थिए । यसअघि माओवादीले २४ मध्ये १३ सिटमा दाबी गरेको थियो ।

sharethis sharing button

यस्तो छ कर्णालीमा सत्तारुढ दलहरु बीचको सिट भागवण्डा


प्रतिनिधिसभातर्फ जम्मा : १२ सिट
कांग्रेस : ४
माओवादी : ५
नेकपा एकीकृत समाजवादी : ३

प्रदेशसभातर्फ जम्मा २४ सिट
कांग्रेस : १२
माओवादी : ९
नेकपा एकीकृत समाजवादी : २
नोट : रुकुम पश्चिम (ख) मा कांग्रेस÷माओवादी दुवै उल्लेख गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति