घनश्याम भुसालबाट एमाले परित्याग, देशभर पहिरो सुरु

काठमाडौ. २२ असोज । नेकपा एमालेका स्थापित नेता तथा पूर्व सांसद घनश्याम भूसलाले पार्टी पत्यिाग गरेका छन् ।
भुसालले लेखेका छन् ‘पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’
रुपन्देहीको क्षेत्र १ र ३ मध्ये एका बाट चुनाव लड्न चाहे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीेले उनी लगायत दश बुंदे पक्षधरलाई पाखा लगाएपछि भुसालले राजीनामा दिएका हुन् । एमालेले पूर्व उपाध्क्ष भीम रावलको समेत टिकट खोसेर माओवादीबाट एमाले प्रववेश गरेका भसmपट बोहरालाई टिकट दिएका छन् ।
रावलले टिकट नपाएको विरोधमा अछामको क्षेत्र नं १को समन्वय कमिटका अध्यक्ष प्रकाश शाहले राजीनामा गरेका छन् भने सुनसरी १ मा अशोर राईलाई छाड्ने निर्णयका विरुद्ध धरान एमालेले विद्रोह गर्ने भएको छ ।
भुसालले सामजिक ससञ्जालमा लेखेको परित्याग पत्र यस्तो छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति