अशोक राईलाई समर्थन गरेको विरोधमा सुनसरी एमालेमा विद्रोह, मनोज मेयाङ्बो स्वतन्त्र उठ्ने

काठमाडौं २२ असोज । एमाले र जसपाबीच गठबन्धन भए अनुसार सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका नेता तथा पूर्व एमाले उपाध्यक्ष अशोक राईलाई समर्थन गरेपछि त्यसको विरोधमाएमाले कार्यकर्ताले विद्रोह गरेका छन्।

एमालेको बलियो पकड रहेको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकासहितको सुनसरी क्षेत्र नम्बर १ स्थानीय कमिटीको सिफारिसविपरीत अध्यक्ष केपी शर्मा ओलीले जसपालाई दिने निर्णय गरिसकेका छन्।

ओलीको त्यही निर्णयअनुसार सुनसरी १ मा जसपा नेता राई उठ्ने भएका छन्। एमाले सुनसरीले १ नम्बर क्षेत्रका लागि निवर्तमान सांसद जयकुमार राईको नाम सिफारिस गरेको थियो ।

स्थानीय कमिटीको सिफारिसविपरीत सुनसरी १ जसपालाई दिएपछि स्थानीय कार्यकर्ताले धरानका पूर्वमेयर मनोज मेयाङ्बोलाई स्वतन्त्र उठाउने भएका छन् स।

एमाले चुनावी तालमेलपछि प्रदेश १ का मोरङ ५ र सुनसरी १ जसपालाई दिने निर्णय गरिसकेको छ। त्यस्तै झापा ३ राप्रपालाई छाडेको छ।

सुनसरी १ मा २०७४ को निर्वाचनमा एमालेका जय राई विजयी भएका थिए। त्यहाँ पराजित अशोक राई एमालेको साथ लिएर फेरि उठ्न लागेका हुन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board