काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहानदेखि चलिरहे पनि गठबन्धनमा रहेका दल जनता समाजवादी पार्टी (जसपा) भने बैठकमा सहभागी छैनन् । तर, गठबन्धन बाहिर रहेका दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु भने बालुवाटार पुगेका छन् ।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको अवस्थामा लोसपाका नेताहरु बालुवाटार पुगेका हुन् ।
एमाले र जसपा सहमति नजिक पुगेपछि गठबन्धनका नेताहरुले लोसपासँग सम्वाद थालेका हुन् ।
नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बालुवाटार पुगेका हुन् ।
-फाइल फोटो
प्रतिक्रिया