दशैंको मौका पारेर चरेश भारततिर लैजाँदै गर्दा यसरी परे सशस्त्र प्रहरीको फन्दामा

काठमाडौं । दशैं मनाइरहेको मौका छोपेर अटो रिक्सामा लुकाई भारततर्फ लैजाँदै गरेको करिब २० किलोग्राम चरेशसहित सशस्त्र प्रहरी बलले तीनजनालाई पक्राउ गरेको छ ।

शुक्रबार बिहान करिब ६ बजेको समयमा ना १ ह ६२३४ नम्बरको अटोमा लुकाई लगेको अवस्थामा करिब ३० किलोग्राम चरेशसहित उनीहरुलाई सशस्त्रले पक्रेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नंं १२ हेडक्वार्टर बारा मातहत रहेको नेपाल बोर्डर पोष्ट बनौलीबाट खटिएको टोलीले चरेश सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका १९ नगवा बस्ने ३० वर्षीय मुकेश श्रीवास्तव, वीरगञ्ज महागनरपालिका २ छपकैयाका १६ वर्षीय मुस्तफा देवान र बाराको महागढीमाक्ष्ई नगरपालिका १ बस्ने ३७ वर्षीय अटो चालक मुस्ताज देवान छन् ।

आवश्यक कारवाहीका लागि पक्राउ अभियुक्तहरुलाई नेपाल प्रहरीलाई बुझाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति