एमाले र जसपाबीच चुनावी तालमेलमा हस्ताक्षरको तयारी

काठमाडौँ, २१ असोज । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेलको तयारी भइरहेको छ ।

बिहीबार राति दुई पार्टीका शीर्ष नेताहरूबीच वार्ता भएको थियो । स्रोतले दिएको जानकारीअनुसार एमालेले जसपालाई २५ सिट दिन तयार भएको छ । तर, यस विषयमा शीर्ष तहमा फेरि छलफल गरेर टुंगोमा पुग्ने तयारी भइरहेको एक नेताले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच फेरि छलफल गरेर हस्ताक्षरको तयारी भएको एक एमालेका नेताले बताए ।

पाँच दलीय सत्ता गठबन्धनबाट जसपा बाहिरियो भने सबैभन्दा बढी खुसी एमाले नै हुने छ । यही कारण एमाले नेताहरू यादवका लागि बालकोटमा रातो कार्पेट ओछ्याउन तयार भएका हुन् ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ यादवलाई फकाउन दसैँ नभनी खटिरहेका छन् । टीकाका दिनसमेत बालुवाटारमा जसपा नेतालाई बोलाएर फकाउने प्रयास गरिएको थियो । तर, जसपाले भने एमालेसँग समेत तालमेलका लागि संवाद अगाडि बढाइसकेको अवस्था छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति